विदेशकाे लागि छाेराछाेरी पाइरहेका त छैनाैँ ? अवस्था भयावह !
[३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दामाथि पुगे]
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | ११:०६:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे देशकाे वैदेशिक रोजगार तथ्यांक हेर्ने हाे भने अत्यासलाग्दाे मात्र छैन, थप चिन्ता थपिदिएकाे छ । यसअर्थमा कि हामी छाेराछाेरी विदेशकाे लागि त पाइरहेका छैनाैँ ? भन्ने अवस्था छ । वैदेशिक विभागले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएसँगै हाम्रा मनहरूमा ढ्याँग्राे बज्न थालेकाे छ ।
शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक शेषनारायण पौडेलले विदेश जानेकाे संख्यामा साे वृद्धि देखिएकाे बताएका हुन् ।
पाैडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दामाथि पुगेको बताए । उनले चालू आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए । अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भएपनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको उनले बताए ।
विभागले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताएकाे छ । उसले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताएकाे छ । महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए ।
महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताए । उनले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताए । पौडेलले दोस्रोमा कतार,तेस्रोमा युएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको उल्लेख गरे । उनले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको सख्या बढ्न थालेको बताएका छन् ।
विभागले याे कुरा बताइरहँदा नेपालीकाे घरमा युवाकाे अभाव देखिँदै गएकाे स्पष्ट हुन्छ । रैपनि हामी साे बाटाे राेक्ने भन्दापनि झनै अत्याएर धपाइहाल्ने गलत रणनीतिमा अग्रसर हुनुले भाेलिकाे अवस्था झनै कस्ताे हाेला ? अनुमान गराैँ त !
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस