साताकाे अन्तिम काराेबार दिन पनि नेप्से बढेर बन्द
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | १३:१२:०० मा प्रकाशित

काठमाडौं । साताकाे अन्तिम काराेबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेर बन्द भएकाे छ । नेप्से आज ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा बन्द भएको हो । अघिल्लाे दिन पनि नेप्से दाेहाेराे अंकले बढेर बन्द भएकाे थियाे ।
नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ७२ कम्पनीको शेयरमूल्य बढेका छन् भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेका छन् । यसमध्ये पनि आज ७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको भएको छ । यसको आज १९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस