साताकाे अन्तिम काराेबार दिन पनि नेप्से बढेर बन्द
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | १३:१२:०० मा प्रकाशित
काठमाडौं । साताकाे अन्तिम काराेबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेर बन्द भएकाे छ । नेप्से आज ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा बन्द भएको हो । अघिल्लाे दिन पनि नेप्से दाेहाेराे अंकले बढेर बन्द भएकाे थियाे ।
नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ७२ कम्पनीको शेयरमूल्य बढेका छन् भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेका छन् । यसमध्ये पनि आज ७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको भएको छ । यसको आज १९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस