थप २६० जनामा कोरोना भाइरस संक्रमण, काठमाडाैं उपत्यकामा कति ?
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | १६:१६:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।
२४ घण्टाको अवधिमा ४८ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी १३७ जना काठमाडौं जिल्लाका रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै, ललितपुरमा २३, बाँकेमा ६, अछाममा ५, कास्कीमा ५, मकवानपुरमा ५, मोरङमा ५ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस