स्वास्थ्य

१७७ जनामा काेभिड संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार १२६ जनाकाे काेभिड परीक्षण हुँदा थप १७७ जनामा संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ४१ जना डिस्चार्ज भएका छन् । साे अवधिमा कसैकाे मृत्यु भएकाे छैन ।

मन्त्रालयका अनुसार साे दिन ६४ हजार ९०७ जनाले काेभिडविरूद्धकाे खाेप लगाएका छन् ।

अब देशमा काेभिडका सक्रिय संक्रमित ८७३ पुगेका छन् ।

गाउँ सहर संवाददाता