राप्रविसंद्वारा १२ कक्षासम्म शिक्षा निःशुल्क, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | १४:२५:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले १२ कक्षासम्म शिक्षा निःशुल्क गर्न, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग गरेको छ ।
शिक्षाको व्यापारीकरण नियन्त्रण गर्न र समुदायस्तरका विद्यालयको स्तरोन्नति गर्न समेत राप्रविसंले सरकारसँग माग गरेको छ ।
शिक्षा विकास, सम्वृद्धि र सकारात्मक परिवर्तनको मूल आधार भएको ठहर गर्दै राप्रविसंका अध्यक्ष धनसुर शाहीको नेतृत्वमा गएको राप्रविसंको प्रतिनिधिमण्डलले शिक्षा मन्त्री देवेन्द्र पौडेलसमक्ष शैक्षिक क्षेत्र सुधारका लागि ११ बुँदे माग प्रस्तुत गरेको छ ।
शिक्षा मन्त्रीलाई सोमबार दिइएको ज्ञापनपत्रमा सनातन धर्म विरुद्धका विषयहरुको पठनपाठनमा तत्काल रोक्न माग गरिएको छ ।
‘विद्यार्थी भर्ना भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक र पाठ्य सामाग्री नपाउनु चिन्ताको विषय हो, सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो । यसै सन्दर्भमा शैक्षिक क्षेत्रको समग्र सुधार र विकासका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका हौं,’ राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले भने ।
गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन गत असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस