प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच छुट्टाछुट्टै भेट
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | १९:२१:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री निवास बालुवाटार पुगेर चियानचाओले भेटवार्ता गरेका हुन् भने परराष्ट्र मन्त्री खड्कालाई भेट्न जियान्चाओसहित भ्रमण टोली सिंहदरबार पुगेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले भोली (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओको नेपाल भ्रमणलाई नेपाली राजनीतिक बृत्तमा अर्थपूर्वक हेरिएको छ । जियान्चाओ चार दिनसम्म नेपालमा रही राजनीतिक भेटघाट कार्यक्रम रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस