५ हजार ९४३ जनाले गरे आत्महत्या, प्रदेश–१ मा सबैभन्दा धेरै
- गाउँ सहर संवाददाता
- २३ असार बिहीबार, २०७९ | १४:३३:०० मा प्रकाशित
काठमाडाैँ । चालु आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुन्डिएर सबैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार ९५० जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए ।
प्रदेश–१ मा सबैभन्दा धेरै १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या रोजेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौँ उपत्यकामा ३४८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयकाअनुसार विष खाएर ८ सय ९७ जनाले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या गर्नेमा मधेश प्रदेशमा सबैभन्दा धेरै अर्थात १६१ जना छन् । आगो लगाएर १३ जना, हाम फालेर ३८ जना, हात–हतियारको प्रयोग गरेर १७ जना र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस