सुनकाे भाउ आज पनि ओरालाे, कतिमा हुँदैछ काराेबार ?
- गाउँ सहर संवाददाता
- २३ असार बिहीबार, २०७९ | १२:२६:०० मा प्रकाशित

काठमाडौं । अघिल्लाे दिन घटेकाे सुनकाे भाउ आज पनि ओरालाे लागेकाे छ ।
आज सुनकाे मूल्य चार महिनायताकै सस्तो भएको छ । अहिले सुन तोलाको ९५ हजार रुपैयाँभन्दा तल छ ।
बुधबारभन्दा तोलामा १४ सय रुपैयाँले घटेर बिहीबार सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजारमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा डलरको भाउ महङ्गिएपछि सुनको मूल्य घट्न थालेको हो ।
चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार १ सय ८५ रुपैयाँ भएको छ। बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो ।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १७४६.८६ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९ ३७ डलर रहेको छ। बुधबार सुन प्रतिऔंस १७६७.०३ डलर र चाँदी प्रतिऔंस १९.१६ डलर थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस