तेह्रजना मृत्यु हुनेगरि भएकाे कहाली लाग्दाे दुर्घटनाका तस्बिरहरु, सुनापतिबासीका लागि कालाे दिन
- गाउँ सहर संवाददाता
- २१ असार मंगलबार, २०७९ | २०:३३:०० मा प्रकाशित
काठमाडाैं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ९ जनाको घटनास्थलमा र ४ जनाको उपचारको क्रममा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले गाउँसहरलाई बताए ।
दुर्घटनामा घाइते भएका २१ जनाको काभ्रेको धुलिखेल अस्पताललगायत काठमाडाैंकाे बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस बिहान दश बजेतिर दुर्घटना भएकाे थियाे ।
.jpg)
बसमा ३४ जना बोकेर काठमाडौंतर्फ आउँदै गरेकाे थियाे । उक्त दुर्घटनामा मृत्यु हुने १३ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परेका उद्धार तथा घाइतेहरूकाे अवस्था बुझ्न सुनापति गाउँपालिकाका अध्यक्ष ठूलाेकान्छा तामाङ धुलिखेल अस्पतालमा पुगेका छन् ।
अध्यक्ष तामाङले उपचाररत र मृतकहरू बारेमा यातायातका समितिका पदाधिकारीहरूसँग छलफल गरिने र उपचार र क्षतिपूर्तिकाे लागि तत्काल पहल गर्ने बताए ।
.jpg)
गाउँसहरसँग कुरा गर्दै अध्यक्ष तामाङले गाउँपालिकाले पनि मृतकका परिवार र घाइतेहरूका लागि आवश्यक सहयाेग गरिने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले समितिका पदाधिकारीहरूसँग छलफल गरेर उक्त रूटमा चल्ने बसहरूकाे अवस्थाकाे बारेमा पनि बुझ्ने र पुराना गाडीहरू चलाउने राेक लगाउने तथा सडककाे अवस्थाका विषयमा पनि छलफल गरेर के गर्न सकिन्छ साेही अनुसार निर्णय गरेर अघि बढ्ने बताए ।
दुर्घटनामा मृत्यु हुनेहरु
१. ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप
२. समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप
३. खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप
४. कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे
५. सुदिप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे
६. बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप
७. शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर गाउँपालिका–९ काभ्रे
८. सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापानी
९. कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे
धुलिखेल अस्पतालमा ४ जनाको मृत्यु
१०. रामबहादुर श्रेष्ठ (४५ वर्ष )सुनापति वडा ५ खानियापानी
११.बुद्ध तामाङ (२४ वर्ष )सुनापति -४भोसा
१२. ङेमा तामाङ (६० वर्ष ) सुनापति- ५ रुपाकोट
१३. धनमाया वडा सिन्धुपाल्चोक चाैतरा सागाचोक गढी नगरपालिका गाउँपालिका- ९
उपचाररत २१ जनाकाे नामावली
१. जुना मगर, (४५ वर्ष) सुनापति–५ रामेछाप
२. राम बहादुर श्रेष्ठ, (४५ वर्ष) सुनापति–५ रामेछाप
३. आशिष तामाङ, (३४ वर्ष) सुनापति–५ रामेछाप
४. लाल सिङ तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप
५. शोभा श्रेष्ठ, (३५ वर्ष) सुनापति–५ रामेछाप
६. गोमा खड्का, (५८ वर्ष) सुनापति–५ रामेछाप
७. बुद्ध तामाङ, (२४ वर्ष) सुनापति–५ रामेछाप
८. अमिका खड्का, (६२ वर्ष) सुनापति–५ रामेछाप
९. कान्छीमाया तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप
१०. गंगा घले, (२४ वर्ष) सुनापति–५ रामेछाप
११. मान बहादुर तामाङ, (५८ वर्ष) सुनापति–५ रामेछाप
१२. बुद्धिलाल श्रेष्ठ, (५६ वर्ष) सुनापति–५ रामेछाप
१३. बुद्ध बिक, (७ वर्ष) सुनापति–५ रामेछाप
१४. चन्द्र श्रेष्ठ, (५५ वर्ष) सुनापति–५ रामेछाप
१५. ठुलो सिंह तामाङ, (८० वर्ष) सुनापति–५ रामेछाप
१६. सरस्वती खाती, (१६ वर्ष) सुनापति–५ रामेछाप
१७. डम्बर कुमारी खाती, (४० वर्ष) सुनापति–५ रामेछाप
१८. कान्छीमाया तामाङ, (४९ वर्ष) सुनापति–५ रामेछाप
१९. सबिना घिसिङ, (२३ वर्ष) सुनापति–५ रामेछाप
२०. अमर चौधरी, (३८ वर्ष) लालबन्दी–४ सर्लाही
२१. विष्णुराम खड्का, (१९ वर्ष) सह–चालक । बनेपा स्थित शिर मेमोरियलमा उपचार भइरहेको छ ।
३ जना घाइतेलाई कैलाश एयरको हेलिकप्टर मार्फत काठमाडौंमा ल्याएर उपचार भइरहेको छ ।
थप तस्बिरहरू :

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस