फोटो

अर्थमन्त्री राजीनामा दे : सिंहदरबारकाे मुखैमा राष्ट्रिय युवा संगठनले लगाए नारा (फाेटाेफिचर)

काठमाडाैं । एमाले निकट राष्ट्रिय युवा संगठनले अथर्मन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको अनामनगर हनुमानस्थनमा युवा संघका नेता कार्यकर्ताहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले अर्थमन्त्री र सरकारविरुद्ध नारा लगाएका थिए ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्‍मा पनि त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ । साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।

थप तस्बिरहरू :

गाउँ सहर संवाददाता