चन्द्रलक्ष्मी जेष्ठ नागरिक पत्रकारिता पुरस्कार कुसुमकेशवलाई
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | २०:५७:०० मा प्रकाशित
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्धारा स्थापना गरिएको यस वर्षको चन्द्रलक्ष्मी जेष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार कुशुमकेशव पराजुली सम्मानित हुनुहुने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवश तथा २५ औं वार्षिकोत्सवका अवसरमा सोमवार राखिएको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष विमला भण्डारीले पराजुलीको नाम सार्वजनिक गरेकी हुन् ।
संघका सस्थापक अध्यक्ष कर्माचार्यले आफु ७० वर्ष पुगेपछि राज्यबाट पाउने जेष्ठ नागरिकको भत्तामा थप गरी जेष्ठ नागरिकको क्षेत्रमा कमल चलाउने पत्रकारलाई वार्षिक एक लाख एक हजार राशीको पुरस्कार दिने घोषणा गरेका हुन् ।
विगत चार दशक देखि पत्रकारिताको क्षेत्रमा कलम चलाउदै आउनु भएका पराजुली पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष हुनुहुन्छ भने पछिल्लो समय उहाँले पोखरा बृद्धाश्रमको अध्यक्ष भएर जेष्ठ नागरिकको प्रत्यक्ष सेवा गर्दै आएका छन् ।
पुरस्कार छनोेट समितिमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष बाबुराम गिरी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डरी, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा र परिवार जनको तर्फबाट माईकल कमाचार्य रहेका थिए ।
यस अघि उक्त पुरस्कारबाट पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष अग्रज पत्रकार नारायण कार्की सम्मानित भईसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस