लेउवा संघ २६ औँ वर्षमा
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | २०:५२:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ उद्योग वाणिज्यसंघको २६ औँ वर्षमा प्रवेश गरेको छ । २६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित समारोहमा बोल्दैगण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघको २६ औँ स्थापना दिवस तथा २५ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले लगानी गरेर उद्योग धन्दा संचालन गर्नु भन्दा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सृजना गरि स्वदेशमा नै रोजगारीका सम्भावना निर्माण गर्नु पर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्र र सरकारकाबीचको सहकार्य अनिवार्य भएको बताएका हुन् ।
सोही अवसरमा गण्डकी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले उत्पादन विना देश विकासको कल्पना गर्न नसकिने भएकाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दा संचालनका लागि राज्यले लगानी बढाएको विचार राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेश उत्पादनलाई प्रथामिकतामा राखेर आयातीत वस्तुको न्यूनिकरण गर्ने योजना सरकारले ल्याउनु पर्ने सुझाव दिएका थिए भने पोखरा विश्व विद्यालयका उपकुलपति प्रा।डा। प्रेम नारायण अर्यालले दक्ष्य जनशत्ति निर्माणको आधार भनेको राज्यको निती भएकाले सोही अनुसार राज्यले पनि निती बनाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ, नेपाली काग्रेस कास्कीका सभापति किसोर बराल, रुपा गाउपालीका अध्यक्ष नवराज ओझा,पर्यटन ब्यवसायी पुष्पराज अधिकारी,पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्ध्र श्रेष्ठ लगायतले विहान बेलुकाको दाल भातका लागि मात्र नभई ब्यवसायको माध्यमबाट देश विकासको अभियानमा जोडिनु पर्ने बिचार राखेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेयले गण्डकी प्रदेश स्तरिय औधोगिक क्षेत्रको अवश्यकता, पोखरा र लेखनाथ मिलाएर महानगर बनाउँदा के पाईयो र के गुमाइयो साथै राष्ट्रिय उत्पादन बढाउनका लागि कृषिमा आधारित उद्योग धन्दालाई प्रथामिकता दिनु पर्ने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस