पाँचथरमा पहिरोमा हराइरहेका एकैघरका ३ जनामध्ये २ जनाको शव फेला
- गाउँ सहर संवाददाता
- १८ असार शनिबार, २०७९ | ०९:४६:०० मा प्रकाशित
काठमाडौं । पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरका एकै परिवारका ३ जनामध्ये २ जनाको शव फेला परेको छ ।
फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए ।
पहिरोमा बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रुपलाल र अर्का १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखर प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए।
पहिरोले घर बगाउँदा ४२ वर्षीय रुपलाल मगर, रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर बेपत्ता भएका थिए ।
पहिरोले घर बगाउँदा ७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
उद्धारका लागि स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। शुक्रबार राति करिब १० बजेतिर पहिरो जाँदा घर बगाएको थियो।
स्थानीयका अनुसार पहिरोले घरसँगै रहेको गोठ समेत बगाँउदा पशु–चौपाया पनि मरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस