वातावरण

शनिबारः छाता बाेक्नुहाेला - माैसम यस्ताे छ

काठमाडाैँ । आज २०७९ असार १८ गते (शनिबार), जल तथा माैसम विभागले दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने बताएकाे छ । उसका अनुसार देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसरी नै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता