आईएमई जनरल र काठमाडौं प्याथ ल्याब सेन्टरबीच सेवामा छुटसम्बन्धी सम्झौता
- गाउँ सहर संवाददाता
- १६ असार बिहीबार, २०७९ | १७:२१:०० मा प्रकाशित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरमा प्राप्त हुने सबै किसिमका सेवाहरूमा छुट प्राप्त हुने संस्थाले जनाएको छ । आइएमई जनरलका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरूले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
आईएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरलबाट सहजरूपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस