कास्कीमा मनाइयो १९ औं राष्ट्रिय धान दिवस
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | २२:१४:०० मा प्रकाशित
पाेखरा। पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा न ३ मा एक विशेष कार्यक्रमको आयोजना गरि १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ। कृषि ज्ञान केन्द्र कास्की र घाचोकको भुमे सृजनशिल कृषक समूहको आयोजनामा रोपाइ महोत्सवको आयोजना गरि धान दिवस मनाइएको हो।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। उनले नेपालको कुल गार्हस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको धान बालीको प्रवर्द्धन गर्न सशक्त कदम चाल्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कृषि ज्ञान केन्द्र पोखराका प्रमुखशालिकराम अधिकारी, माछापुच्छ्रे गाउँपालिका वडा न ३ का अध्यक्ष हरिश्चन्द्र लम्साल, भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय कृषि विकास महाशाखा गण्डकीका प्रमुख बालकृष्ण अधिकारी, सोही मन्त्रालयका सचिव हरिबहादुर केसी, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी लगायतले बोलेका थिए।
भुमे सृजनशिल कृषक समूह अध्यक्ष रबिलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मिना पोख्रेलले गरेकी थिइन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस