कला

कुरा नगर

  • १५ असार बुधबार, २०७९ | ०९:१६:०० मा प्रकाशित

"ठुला" नेताहरु धान खेतमा फोटो खिचौना फेरि पस्तैछन्

लाजै नमानी खिसिक्क हाँसेर आफ्नो माहानता देखाउँदै छन्

खाद्य सुरक्षाको गफ गर्ने छन्

किसानको तारिफ गर्ने छन्

समृद्धिको सपना बाँड्ने छन्

मल नभएर के भयो?

भाषणको भेल निकाल्नेछन्

"महान उपलब्धि" को ब्याख्या गर्ने छन्

किसानको प्रश्न: खै मल कहाँ छ?

यस्ता प्रश्न नसोध

यो "अग्रगमन" को विरोध हो

बुर्जुवा चिन्तन हो

वर्ग संघर्षको विपरित हो

समाजवादको विरोध हो

अब को नयाँ संसारमा

हामी ठूला भै सकेम

तिम्रो काम सेवा गर्ने

भेडा जस्तो पछि लाग्ने

जे हामी बोल्छाम त्यसलाई मान्ने

फोटो खिच्ता ताली बजाउने

आफू ढलेर पनि हामीलाई उठाउने

देशै ढले पनि हामीलाई टिकाउने

आज मल को कुरा नगर।।

तपाईँको मत