डुबानमा झापा, बाढीले विपद्
- गाउँ सहर संवाददाता
- १४ असार मंगलबार, २०७९ | १८:५८:०० मा प्रकाशित
काठमाडाैं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना भएका छन् ।
झापामा दुई सयभन्दा धेरै घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् । गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आएको प्रहरीले जनाएको छ । यो ठाउँमा ४ र ५ नम्बर वडाका ५० घर डुबानमा परेका छन् ।
.jpg)
त्यस्तै भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले सय बढी घर डुबाएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा पारेको छ भने झापा–१ मिलनबस्तीका ९० घर डुबानमा परेका छन् । यस्तै गौरीगञ्ज ४ का १५ घर डुबानमा परेपछि बाढी पीडितहरूलाई नजिकैको स्कुलमा सारिएको छ । शिवसताक्षी नगर ४ को एक ब्रोइलर कुखुरा फर्ममा बाढी पस्दा १२ सय कुखुरा मरेका छन् ।
बाह्रदशी गाउँपालिका २ गौरीगाउँमा अदुवा खोलाको बाढी पस्दा ७ घरका ३३ जना विस्थापित भएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म जिल्लामा मानवीय क्षति भने भएको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस