अप्टिकल फाईबरमार्फत दुर्गम गाउँमा टेलिकमको सेवा
- थम्मन थापा
- १३ असार सोमबार, २०७९ | ०७:२३:०० मा प्रकाशित
बागलुङ । नेपाल टेलिकमले तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुर्याएको छ । ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप त्यहाँ मोवाईल सेवा विस्तार गरि सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ ।
भौगोलिक कठिनाईका कारण रेडियो लिङ्कमार्फत सेवा उपलब्ध गराउन प्राविधिक हिसाबले सम्भव नभएपछि तमानमा रहेको बिटियस टावरबाट अप्टिकल फाईबरमार्फत लिङ्क गरि सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।
बागलुङ र म्याग्दी जिल्लाको संगमस्थल पर्यटकीय स्थल सोलेडाँडासँगै लाममेला गाउँका झण्डै ३ सय घरधुरीलाई लक्षित गरि सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख शर्माले बताए ।
वरिष्ठ ईन्जिनियर शर्माले भनें “अहिले सम्म उक्त गाउँमा कुनै पनि मोवाईल सेवा थिएन हामीले दुर्गम र विकट गाउँका नागरिकलाई सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले अस्थायी टावर निर्माण गरि अप्टिकल फाईबर मार्फत सेवा प्रवाह गरेका छौं टावर नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो अब मोवाईल सेवा सञ्चालनमा आएपछि सहजता भएको छ ।"
भौगोलिक विकटता सँगै वर्खायाम सुरु भईसकेकोले त्यहाँ सामाग्री ढुवानी र प्राविधिकलाई पुग्न समस्या भएपनि टेलिकमले त्यहाँका जनप्रतिनिधि र स्थानीयको सहकार्यमा सेवा पुर्याउन सफल भएको शर्माको भनाई छ ।
निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोवाईल सेवा पुराउने गृहकार्यमा रहेको टेलिकमले बताएको छ ।
“विकट भुगोलमा मोवाईल सेवा नहुँदा यहाँका नागरिक र हामी जनप्रतिनिधिलाई समेत सूचना आदान प्रदान गर्न निकै कठिन भईरहेको थियो त्यस क्षेत्रमा मोबाईल सेवा विस्तारको लागि रेडियो लिङ्क गर्न समस्या भएकोले अप्टिकल फाईबर तार हामीले व्यवस्था गर्यौं अहिले भने सजिलो भएको तमानखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताए । वडाबासी नागरिकलाई सेवा उपलब्ध गराउन हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ,” वडा अध्यक्ष श्रीपालीले भने ।
अहिलेको जमाना प्रविधिको भएकोले यसलाई मध्यनजर गरेर टेलिकमसँगको समन्वयमा स्थानिय हाईड्रो पावरको विद्युत सेवा पुर्याएर यहाँ मोवाईल सेवा सञ्चालन गरिएको स्थानिय योगेन्द्र विश्वकर्माले बताए । त्यस क्षेत्रमा पहिलो पटक मोवाईल सेवा पुगेपछि दुर्गमका ग्राहकहरु थ्रिजी मोवाईलको भ्वाइस र डाटा मार्फत लाभान्वित हुनुका साथै खुसी भएका छन् ।
समुद्री सतह देखि झण्डै २ हजार ६ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि वडा सहित गाउँपालिकामा हुने हरेक कामकाज र स्थानियको दैनिकीलाई मोवाईल सेवाले थप सजिलो बनाएको छ । मोवाईल सेवालाई नागरिक समक्ष सहजता प्रदान गर्न आफनो सेवा विस्तारसँगै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकमले आफ्नो सेवाको विस्तार कार्यलाई तिव्रता दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस