कला

‘सही हो नि कान्छी’ लिएर आए लोकप्रिय गायक रोशन गुरुङ

काठमाडाैँ । लोकप्रिय गायक रोशन गुरुङ नयाँ गीत ‘सही हो नि कान्छी’ लिएर आएका छन् । गीतमा कुमार गुरुङको शब्द, इन्द्र गुरुङको संगीत र चन्द्र गोर्खालीको एरेञ्ज छ ।

बाबु जिम्बाको निर्देशन र हरी गोलेको छायांकन रहेको गीतको भिडियो इलाम र श्रीअन्तुमा छायांकन गरिएको छ । भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय छ ।

सेवा फिल्मस्को पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गायक गुरुङले विगतमा चारवटा सोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।

गाउँ सहर संवाददाता