अर्थतन्त्र

तनहुँका १० स्थानीय तहद्वारा सात अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत

तनहुँ । तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९-८० का लागि करिब आठ अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार एक सय ८५ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।

व्यासले एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख ६ हजार  र पूँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार रुपैयाँ अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले बताइन् । आर्थिक विकासतर्फ रु चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ रु ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु २२ करोड ६० लाख, संघ सरकारको वित्तीय समानीकरण अनुदान रु २० करोड ६९ लाख, संघ सरकारको राजश्व बाँडफाँडबाट १५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु ११ करोड, सञ्चित कोष अल्याबाट दश करोड, राजस्व बाँडफाँडअन्तर्गत मालपोत रजिस्ट्रेसनबाट दश करोड  रुपौयाँ आय अनुमान गरिएको छ । 

संघ विशेष अनुदानबाट चार करोड, प्रदेश वित्तीय समानीकरण अनुदान दुई करोड ५९ लाख ८१ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट दुई करोड नौ लाख ७१ हजार, सङ्घ समपुरक अनुदान दुई करोड दश लाख, प्रदेशको विशेष अनुदान एक करोड, सशर्त अनुदान एक करोड, समपुरक अनुदान एक करोड, प्रदेशको नवप्रवर्तनीय साझेदारी कोष अनुदान एक करोड, सङ्घ सरकारको सडक बोर्ड नेपालबाट एक करोड, जनसहभागिता नगदबाट ६० लाख र मूल्य श्रृंखला कार्यक्रम अनुदान १५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । 

भानु नगरपालिकाले ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १५ करोड ६५ लाख, सशर्त चालु अनुदान ३७ करोड आठ लाख, सशर्त पुँजीगत एक करोड ३९ लाख, विशेष अनुदान एक करोड ५० लाख, समपुरक अनुदान दुई करोड २० लाख, संघीय राजश्व बाँडफाँडबाट १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उमा गोतामले बताइन् । 

प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान एक करोड ८८ लाख, राजस्व बाँडफाँडबाट रु एक करोड २२ लाख १५ हजार, प्रदेश समपुरक एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ । 

शुक्लागण्डकी नगरपालिकाले एक अर्ब २२ करोड १६ लाख ३१ हजार आठ सय २० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । तीमध्ये समानीकरण अनुदान संघबाट  १६ करोड ३१ लख, राजश्व बाँडफाँड सङ्घबाट १२ करोड ९८ लाख ९० हजार, शशर्त अनुदान ४१ करोड नौ लाख, समानीकरण अनुदान प्रदेशबाट एक करोड ९९ लाख ८८ हजार, राजस्व बाँडफाँड प्रदेशबाट रु एक करोड ६४ लाख ६३ हजार, प्रदेश समपुरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट २५ करोड, गरिबसँग विशेश्वर कार्यक्रम अन्तर सरकारी अख्तियारीबाट ६ लाख, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट दुई करोड ९४ लाख ४० हजार आठ सय २०, जनसहभागिताबाट तीन करोड आय हुने अनुमान गरिएको उपप्रमुख खुमबहादुर विकले बताए ।  

व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार आठ सय २०, शशर्त अनुदानतर्फ ४१ करोड नौ लाख, प्रदेश समपुरकतर्फ ७० लाख, वडागत सिलिङ नौ करोड ७६ लाख, सडकबोडतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ ६ लाख, चालुखर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ २५ करोड, जनसहभागितातर्फ रु तीन करोड हुने अनुमान गरिएको छ । 

भिमाद नगरपालिकाले ६७ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । देवघाट गाउँपालिकाले ५२ करोड छ लाख ६४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । तीमध्ये चालुतर्फ ३३ करोड ४० लाख तीन हजार र पूँजीगततर्फ १८ करोड ६६ लाख ६१ हजार विनियोजन गरिएको उपप्रमुख भुवनसिं गुरुङले बताए ।आँबुखैरेनी गाउँपालिकाले ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । कुल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पुँजीगततर्फ २६ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख दुर्गा अर्यालले जानकारी दिए । 

आर्थिक विकासतर्फ आठ करोड ९० लाख, सामाजिक विकासतर्फ १९ करोड १९ लाख, पूर्वाधारतर्फ १८ करोड ३६ लाख, वन वातावरणतर्फ एक करोड ३६ लाख, सुशासनतर्फ दुई करोड ३२ लाख विनियोजन गरिएको छ । आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट दश करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड ७० लाख, राजश्व बाडँफाँडबाट आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट ४० रुपैयाँ लाख हुने अनुमान गरिएको छ । 

बन्दीपुर गाउँपालिकाले ६२ करोड ६२ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ । तीमध्ये चालुतर्फ ४२ करोड ४९ लाख र पूँजीगततर्फ रु २० करोड १३ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष पञ्चमाया गुरुङले बताए । म्याग्दे गाउँपालिकाले  ७३ करोड २६ लाख ९५ हजार तीन सय ६५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । तीमध्ये पुँजीगततर्फ १५ करोड ९२ लाख २९ हजार छ सय ७५ र चालुतर्फतर्फ ५७ लाख ३९ हजार ६ सय ९० गरी १६ करोड ४९ लाख ६९ हजार तीन सय ६५ विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । 

घिरिङ गाउँपालिकाले ४९ करोड ६६ लाख ८९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ २६ करोड ९१ लाख ३४ हजार र पुँजीगततर्फ २३ करोड २६ लाख विनियोजन गरिएको उपाध्यक्ष राधादेवी अधिकारीले बताइन् । ऋषिङ गाउँपालिकाले ४९ करोड ९९ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । रासस

गाउँ सहर संवाददाता

तपाईँको मत