गाउँ सहर

अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा

पोखरा । अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिबार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको हाे ।

पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ ।

त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ ।

मानवीय क्षति भने भएको छैन, अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता