काठमाडौँ महानगरको नगर सभामा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट
- गाउँ सहर संवाददाता
- १० असार शुक्रबार, २०७९ | २०:५४:०० मा प्रकाशित

काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको ११ औँ अधिवेशनमा सभाकी उपाध्यक्ष एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले अनुमानित बजेट पेश गरेकी हुन् ।
सभामा महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेकी थिइन् । त्यस अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव लोकनाथ पौड्यालसहित नगर सभा सदस्यहरु सहभागी थिए ।
उपप्रमुखले बजेट वक्तव्यमार्फत सभामा प्रस्ताव गरेको बजेटमा २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ महानगरको सञ्चित कोषमा जम्मा हुने रकम हो । ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने आम्दानी हो । यो रकम सञ्चित कोषमा जम्मा हुँदैन ।
सञ्चित कोषको रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लख २४ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको २.२४ प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल रकमको क्रमशः २०.९६ र ४९.५७ प्रतिशत हो ।
बजेटको ७.२५ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ सामाजिक क्षेत्रमा र १९.९६ प्रतिशत अर्थात् ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि विनियोजन गरिएको छ ।
सञ्चित कोषमा जम्मा हुने रकममध्ये ११ अर्ब ९५ करोड रुपैयाँ बैङ्क मौज्दातसमेत १६ अर्ब ८० करोड १ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान छ । त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार रुपैयाँ, समानीकरण अनुदानबाट ८४ करोड १९ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।
सामाजिक सुरक्षा भत्तावापत नेपाल सरकारबाट प्राप्त हुने १ अर्ब ६५ करोड रुपैयाँ, नेपाल सरकार र संघ सरकारका कार्यक्रमका लागि प्राप्त हुने ५२ करोड रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट ८८ करोड १ लाख ४७ हजार रुपैयाँ आय प्रक्षेपण गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस