गाउँ सहर
विशेष मौसम बुलेटिन - मनसुन प्रणाली लुम्बिनी र कर्णाली प्रदेश सम्म प्रवेश
- गाउँ सहर संवाददाता
- १० असार शुक्रबार, २०७९ | २०:३९:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०३/१० गते लुम्बिनी र कर्णाली प्रदेश सम्म प्रवेश गरेको छ ।
देशका बाँकी रहेको भू-भागमा केही दिन भित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको छ । नेपालको प्रदेश नं १ मा मिति २०७९/०२/२२ तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मिति २०७९/०२/२६ गते मनसुन प्रणाली आगमन भएको थियो ।
यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडिनै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस