शिक्षा

राहत शिक्षककाे चेतावनी : आक्रमक ढंगले सडकमा उत्रन नपराेस्

फाइल तस्बिर

काठमाडाैं । नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरेका छन् ।

माग पुरा नभए आक्रमक ढंगले सडकमा उत्रने चेतावनी दिएका छन् ।

यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन् ।

आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि गर्न खोजिएमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग मन्त्रालयले गरेका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

गाउँ सहर संवाददाता