पहिलो पटक शुक्रबार काराेबार भएको दिन आज नेप्से परिसूचक घटेर बन्द
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | १४:०३:०० मा प्रकाशित
काठमाडौं । साताकाे अन्तिम काराेबार दिन तथा पहिलो पटक शुक्रबार काराेबार भएको दिन आज नेप्से परिसूचक घटेर बन्द भएकाे छ ।
हरेक शुक्रबार दुई घण्टा कारोबार गर्ने निर्णय आज (असार ३ गते) देखि लागुभएको छ । नियमित ४ घण्टा कारोबार भइरहेको बजारमा यस दिन पहिलो पटक दुई घण्टा शेयर कारोबार भएको हो ।
यसदिन नेप्से ७.५७ अंकले घटेर परिसूचक १९७१.३६ बिन्दुमा राेकिएकाे छ । यो दिन २२० कम्पनीको २३ लाख ५४ हजार ९११ कित्ता सेयर ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज नेपाल दूरसञ्चार कम्पनीको धेरै रकमको कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सेञ्चुरी बैंक र एनसीसी बैंक रहेको छ ।
आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लागेको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन ९.९९ प्रतिशत, सिवाईसी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ ।
त्यसैगरि रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ५.९३ प्रतिशत घटेको छ । त्यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर र सिंगटी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस