लगातार घट्दाे यात्राबाट शेयरबजारका लगानीकर्ता निराश
- गाउँ सहर संवाददाता
- ३० जेठ सोमबार, २०७९ | १५:४४:०० मा प्रकाशित

काठमाडाैं । निरन्तर घटिरहेकाे शेयरबजार साताको पहिलो कारोबार दिन सोमबार पनि थामिएन । यसदिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २०३२.३४ विन्दुमा झरेको छ ।
१५.८२ अंकले घटेको बजारमा मानुषी लघुवित्त, एनएमबी ५०, ओरियन्टल होटल र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको लगानीकर्ताले गुमाएका छन् ।
यस दिन २३० स्टकको २० हजार ७७४ पटकको कारोबारमा ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको २९ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढ्दै २८९.३० रुपैयाँमा कारोबार भयो । ग्रिन भेन्चर लिमिटेडको मूल्य समेत ९.९८ प्रतिशतले बढेर ३२०.७० रुपैयाँ पुगेको छ । युनिलिभर नेपालको मूल्य ४.१० प्रतिशतले बढ्दै १८ हजार १ सय पुग्यो ।
कारोबार रकमका आधारमा यस दिन सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन उपकार लघुवित्त र सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् ।
बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन । निरन्तर घट्दाे बजारका कारण लगानीकर्ताहरू निराश भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस