लगातार घट्दाे यात्राबाट शेयरबजारका लगानीकर्ता निराश
- गाउँ सहर संवाददाता
- ३० जेठ सोमबार, २०७९ | १५:४४:०० मा प्रकाशित
काठमाडाैं । निरन्तर घटिरहेकाे शेयरबजार साताको पहिलो कारोबार दिन सोमबार पनि थामिएन । यसदिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २०३२.३४ विन्दुमा झरेको छ ।
१५.८२ अंकले घटेको बजारमा मानुषी लघुवित्त, एनएमबी ५०, ओरियन्टल होटल र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको लगानीकर्ताले गुमाएका छन् ।
यस दिन २३० स्टकको २० हजार ७७४ पटकको कारोबारमा ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको २९ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढ्दै २८९.३० रुपैयाँमा कारोबार भयो । ग्रिन भेन्चर लिमिटेडको मूल्य समेत ९.९८ प्रतिशतले बढेर ३२०.७० रुपैयाँ पुगेको छ । युनिलिभर नेपालको मूल्य ४.१० प्रतिशतले बढ्दै १८ हजार १ सय पुग्यो ।
कारोबार रकमका आधारमा यस दिन सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन उपकार लघुवित्त र सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् ।
बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन । निरन्तर घट्दाे बजारका कारण लगानीकर्ताहरू निराश भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस