चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सद्वारा निटा ब्राण्डको विद्युतीय कार सार्वजनिक
- गाउँ सहर संवाददाता
- २६ जेठ बिहीबार, २०७९ | २१:०२:०० मा प्रकाशित
काठमाडाैँ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले निटा ब्राण्डको विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले बुधबार निटा ब्राण्डको निटा भी नामक मोडल सार्वजनिक गरेको हो । निटा चिनियाँ मोटर उत्पादन कम्पनी होजोन अटोमोबाइल्सले उत्पादन गर्दै आएको छ ।
सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थका आयात घटा व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु-याउने विद्युतीय सवारी साधनको प्रवर्द्धन गरेको बताए ।
अधिकांश सवारी उत्पादनले आइसी इञ्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा ब्राण्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको भएकाले निकै इफिसियन्ट रहेको कम्पनीको दाबी छ ।
सिजी मोटर्सले ‘सिजी रिभोलुसन’को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेको कारण धेरै रेञ्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपालमा उपलब्ध गराएको बताएको छ ।
यो कारले एक पटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी गुड्न सक्छ । ५ जना अट्न सक्ने यो कार फूल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जबाट २० मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुन्छ । निटा भीमा फ्रन्ट तथा रेयर दुबैतर्फ डिस्क ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो । गाडीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस