स्वास्थ्य

सोमबार ८ जना कोरोना संक्रमणमुक्त, २१ जनामा संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

सोमबार ८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा १ हजार ९९० पीसीआर तथा १ हजार २५८ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता