बिजुलीकाे तार बेच्न खाेज्ने सुनापतिका थिङ पक्राउ, १२ हजारकाे हिसाब खाेज्ने तयारीमा गाउँले
- गाउँ सहर संवाददाता
- २२ जेठ आइतबार, २०७९ | १३:२३:०० मा प्रकाशित

काठमाडाैं । बिजुलीकाे तार बेच्न खाेज्ने रामेछाप सुनापति गाउँपालिका-३, हिलेदेवीबाट दुई जना पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङका अनुसार बिजुली बत्तिकाे तार बेच्ने स्थानीय बाल्धाेज भनिने भाेजबहादुर थिङ र उक्त तार लिन काठमाडाैंबाट गएका अर्का एकजनालाई पक्राउ गरिएकाे पुष्टि गरे ।
डिएसपी तामाङका अनुसार केही वर्षअघि स्थानीयसँग प्रति घर १२ हजार रूपैयाँ उठाएर बत्ति बालिएकाे र केही उब्रिएरका तार र टुक्रा सामानहरू कवाडीलाई बेच्ने क्रममा उनीहरूलाई पक्राउ गरि साेधपुछ गरिएकाे बताए ।
पक्राउ परेका उनीहरूलाई स्थानीय जनप्रतिनिधि लगायतकाे राेहबरमा छाडिएकाे अस्थायी प्रहरी बिट साँदीडाँडाका प्रहरी हवल्दार गजेन्द्र कुमार शाहले जानकारी दिए ।
बरामद तारसहित पक्राउ परेका उनीहरूलाई पछि अनुसन्धान हुनेगरि स्थानीय जनप्रतिनिधहरूका्े राेहबरमा छाडिएकाे हवल्दार शाहले बताए ।
उक्त विषयमा विद्युत प्राधिकरणले छानबिन गर्ने बताएकाे छ ।
पक्राउ परेका थिङकाे नेतृत्वमा केही वर्षअघि प्रति घरपरिवार १२ हजार रूपैयाँ उठाएर बत्ति बालिए पनि अहिलेसम्म त्यसकाे हिसाब किताब सार्वजनिक नभएकाे स्थानीयहरूले गुनासाे गरेका छन् । त्यतिबेला स्थानीयसँग पैसा उठाएर बत्ति बालिए पनि पछि केन्द्रिय प्रसारणकाे लाइन जाेडिएकाे थियाे । तर त्याेबेलाकाे हिसाब सार्वजनिक नभएकाे भन्दै उजुरी गर्ने तयारीमासमेत रहेकाे एक स्थानीयले बताए ।
उनले भने- "सात आठ वर्ष अघि नै जनताले १२ हजार रूपैयाँ बाख्रा कुखुरा, गाइ भैंसी नभनि बेचेर पैसा बुझाइयाे, बत्ति पनि आयाे तर हामीलाई न पैसा बुझाएकाे भाैचर रसिद दिइयाे न भाैचर । कतिले पैसा नतिरे पनि बाले । पछि मन्थलीकाे कि कहाँकाे लाइन जाेडिएकाे छ अहिले बत्ति । जनताले बुझाएकाे पैसाेकाे हिसाब किताब यत्राे वर्ष बित्दा पनि सार्वजनिक गरिएकाे छैन । हामीले सुनेकाे काठमाडाैंमा कुलमान घिसिङसँग कुरा मिलाएर तार र पाेल निशुल्क ल्याएकाे तर यता बत्ति छिटाे बाल्ने निहुँमा हामीसँग पैसा उठाएकाे भन्छन् । बास्तविकता के हाे ? हामीले थाहा पाएका छैनाैं । सुनापतिमा हाम्राे हिलेदेवीका बासिन्दाले मात्रै १२ हजार तिरेकाे रहेछ । यस्ताे विभेद कसरी हुन गयाे याे प्रश्न गाउँकाे भाइ भतिजाे हाे कुलमान घिसिङ उसलाई पनि प्रश्न हाे ।"
"कुलमानकै गाउँ बेथानकाले तिर्नुनपर्ने हामीले चाहीँ किन तिर्नुपर्याे । एउटै पालिकामा किन विभेद ? यस विषयमा उजूरी गर्ने हाे । हामीले पैसा तिरेर बालेकाे बत्तिमा माओवादीले बालेकाे हाे भन्दै यसपाली माओवादीले जितेन भने कुलमानकाे जागिर जान्छसमेत भनेर भ्रम छरे । यति लाजमर्दाे गरेर भाेटकाे राजनीति गरियाे त्यसैले हामीले बुझाएकाे पैसाकाे हिसाब किताब पनि चाहियाे ।" उनले थपे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस