गण्डकी प्रदेशको आर्थिक वृद्धि ६.२ प्रतिशत हुने अनुमान
- गाउँ सहर संवाददाता
- २२ जेठ आइतबार, २०७९ | ०४:२४:०० मा प्रकाशित
काठमाडाैँ । केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ५.८ प्रतिशत हुने अनुमान रहेको छ । आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.२ प्रतिशत र ६१.८ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । गण्डकी प्रदेशको आर्थिक वृद्धि भने राष्ट्रिय औसत भन्दा बढी अर्थात् ६.२ प्रतिशत हुने अनुमान रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाहरुमा सम्पन्न स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा (साउनदेखि पुससम्म) गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार आएको छ । पछिल्लो समय कोरोना महामारीको समस्या क्रमशः न्यूनहुँदै गएको, कृषि उत्पादनमा केही वृद्धि भएको, उद्योगको क्षमता उपयोग बढ्दै गएको, यातायात र पर्यटन लगायतका सेवा क्षेत्र समेत क्रमशः पुनरुत्थान हुँदै गएकोले प्रदेशको समष्टिगत आर्थिक गतिविधिमा सुधार आएको उसले बताएकाे हो ।
गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक विवरणमा आधारित)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस