गाउँ सहर
नेपालगंजमा राजा वीरेन्द्रको सालीक जनस्तरको सम्मान हाे : लावती
- गाउँ सहर संवाददाता
- १९ जेठ बिहीबार, २०७९ | १४:१२:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले नेपालगंजमा जनस्तरबाट स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक हटाएर सरकार लोकसम्मति, नेपाली संस्कार र सँस्कृति प्रतिकूल गएको बताएका छन् ।
‘नेपालगंजमा स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक जनस्तरको सम्मान र श्रद्धाञ्जली हो । नागरिकको अभिव्यक्ति, संवेदना कुण्ठित गर्नु लोकसम्मति, इतिहास, नेपाली संस्कार र सँस्कृति प्रतिकूल छ,’ प्रवक्ता लावतीले बिहीबार ट्वीट गर्दै भने ।
‘आम नेपालीको स्नेह, श्रद्धा र आस्थाका धरोहर स्वर्गवासी राजाको सालीक सरकारले बल प्रयोग गरेर हटाउनु निन्दनीय छ,’ उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस