अर्थतन्त्र
आजपनि हुँदैछ संसदमा बजेटमाथि सैद्धान्तिक छलफल
- गाउँ सहर संवाददाता
- १८ जेठ बुधबार, २०७९ | ०६:०८:०० मा प्रकाशित
काठमाडाैं । सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।
मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि जारी रहने छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए ।
साउन १ गतेबाट लागू हुने बजेट असार भित्रै पारित गर्नेगरी संसद् सचिवालयले छलफलको तालिका बनाएको
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस