स्थानीय चुनावमा काठमाडाैँलगायतकाे तरङ्गले संघमा प्रभाव पार्ला ?
- गाउँ सहर संवाददाता
- १७ जेठ मंगलबार, २०७९ | १९:०५:०० मा प्रकाशित

काठमाडौँ । स्थानीय चुनावले देशैभर तरङ्ग ल्यायो । राजनीतिक दलहरूले सोचेको र नसोचेको भन्दा फरक परिणाम आयो । देशैभर स्वतन्त्र उम्मेदवारहरूले विजय प्राप्त गरे र उनीहरूले कार्यभारपनि सम्हालिसकेका छन् । सुरूवातमा दलहरूले असहज मानेका छन् भने काम गर्छु भनेर निर्वाचितहरू थप हौसलाका साथ लागिपरेका छन् । यो अवस्थामा स्थानीय निर्वाचनको परिणाम र त्यसले सघीय चुनावमा पार्ने प्रभावलाई नजरअन्दाज गर्न नसकिने अवस्था छ ।
देशभर काठमाडौँका मेयर वालेन्द्र शाह, धनगढीका गोपाल हमाल, धरानका हर्क राइहरू र अन्य क्षेत्रमा स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधितर्फ सम्पूर्ण जनताको नजर केन्द्रित बनेको छ । जनताका धेरै आशा उनीहरूमा देखिएको छ । र उनीहरूले त्यो मनन् गरेको पनि देखिन्छ । सुरूवाति चरणमा केहि राम्रा सन्देशहरू देखिएका छन् ।
स्थानीय चुनावको मर्मलाई शिरोधार गर्ने हो भने स्थानीय दिगो विकासमा केन्द्रित हुनुपर्छ । तन र मनले स्थानीय विकासमा समय खर्चनुपर्छ । किनकी छुट्याइएका बजेट खर्च नहुँदा विकासो अपूरो छ । अबका दिनमा त्यस्तो परिवेश आउन दिनुहुँदैन । विकासलाई जहिल्यै पाखा लगाउनु हुँदैन । विकास समयसापेक्षिक हुन्छ, स्थानअनुसारको हुन्छ भन्ने कुरा जनप्रतिनिधिले बुझ्नु पर्छ । किनकी नचाहिने ठाउँमा दिन्छु भन्नु अब कसैले पत्याउँदैन । नभएको ठाउँमा दिन्छु र गर्छु भन्नु उपयुक्त हुन्छ ।
सहरको हकमा अध्र्व पूर्वाधार निर्माण भइसकेका छन्, अबको यात्रा त्यसको व्यवस्थापन हुन् । गाउँका समस्या धेरै छन्, गाउँ सबै कुराले पछि परेको छ । हो त्यहाँ सम्पूर्ण विकासको अपरिहार्यता हो । यो कुरा जनप्रतिनिधिले बुझेमा आगामी दिन सुनौला बन्ने कुरामा दुइमत नरहला ।
रह्यो स्थानीय चुनावको प्रभाव । पक्कै पर्नेछ । नेतृत्वदेखि शैलीसम्म । किनकी यो चुनावमा नयाँपन खोजिएको छ । पुरानाले नगरेका स्थानमा नयाँको आशा गरिएको छ । यो नेतृत्वले काम गर्न सकेको खण्डमा देशैभर स्वतन्त्र उम्मेदवारको बहस चल्ने पक्का छ र जनताको अभिमतपनि पाउने देखिन्छ । राजनीतिक वृत्तमा ठूलाे बहस सिर्जना गरिदिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस