बागमती प्रदेश सरकारका नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
- गाउँ सहर संवाददाता
- १७ जेठ मंगलबार, २०७९ | ०६:२७:०० मा प्रकाशित
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् ।
सरकारले प्रदेशका ब्लड बैँकबाट विपन्न र आकस्मिक सेवामा आउने नागरिकलाई उपलब्ध गराइने ब्लड ब्याग अनुदानलाई निरन्तरता दिने, प्रदेश भित्रका स्वास्थ्य संस्थाहरूको अभिलेख र प्रतिवेदन कार्यलाई व्यवस्थित गर्न डिजिटल स्वास्थ्य सूचना प्रणाली लागू गर्ने, ‘बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने, सामुदायिक क्याम्पसमा अध्ययनरत छोरी बुहारीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
‘एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ अभियानलाई अगाडि बढाउन, प्रदेशस्तरका विद्युत् आयोजनाहरूको विकास, अनुगमन तथा नियमन लगायत समग्र व्यवस्थापनको लागि कानून तर्जुमा गर्ने, प्रदेश कृषि विकास ऐनको तर्जुमा गर्ने, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गर्ने, पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा “एक वडा एक पशु स्वास्थ्य क्लिनिक” कार्यक्रम सञ्चालनमा ल्याउने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस