थेगेन शेयर घट्ने क्रम बजेटले, दुई प्रतिशत माथिको गिरावट
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | १५:४७:०० मा प्रकाशित

काठमाडाैं । साताको पहिलो कारोबार अर्थात सरकारले प्रस्तुत गरेको बजेटको भोलीपल्ट शेयर बजार ५० अंकले घटेको छ । आइतबार सरकारले बजेट ल्याउने भन्दै प्रतिक्षमा बसेका लगानीकर्ताहरु सोमबार आशावादी हुन सकेनन् । बजेटमा पूँजी बजारका सम्बन्धमा खासै सम्बोधन नगरे पछि लगानीकर्ताले धमाधम घट्दो मूल्यमा शेयर बिक्री गरेका हुन् ।
यसदिन सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको छ । कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।
साधारण शेयर निष्काशन गरेर भर्खरै कारोबारमा आएका बलेफी हाइड्रो, उपकार लघुवित्तको शेयर मूल्य साढे ८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढेको छ । गणपति लघुवित्तसँगै केही सामुहिक लगानी कोषका इकाईहरुको मूल्य उकालो लागेको बजारमा सोमबारदेखि कारोबार सुचारु भएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ । ज्योती लाइफ इन्स्योरेन्स, लाफ इन्स्योरेन्स कर्पोरेशन, मल्टीपर्पस फाइनान्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर लगायत कम्पनीको शेयर मूल्यमा धेरै गिरावट आएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस