थेगेन शेयर घट्ने क्रम बजेटले, दुई प्रतिशत माथिको गिरावट
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । साताको पहिलो कारोबार अर्थात सरकारले प्रस्तुत गरेको बजेटको भोलीपल्ट शेयर बजार ५० अंकले घटेको छ । आइतबार सरकारले बजेट ल्याउने भन्दै प्रतिक्षमा बसेका लगानीकर्ताहरु सोमबार आशावादी हुन सकेनन् । बजेटमा पूँजी बजारका सम्बन्धमा खासै सम्बोधन नगरे पछि लगानीकर्ताले धमाधम घट्दो मूल्यमा शेयर बिक्री गरेका हुन् ।
यसदिन सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको छ । कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।
साधारण शेयर निष्काशन गरेर भर्खरै कारोबारमा आएका बलेफी हाइड्रो, उपकार लघुवित्तको शेयर मूल्य साढे ८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढेको छ । गणपति लघुवित्तसँगै केही सामुहिक लगानी कोषका इकाईहरुको मूल्य उकालो लागेको बजारमा सोमबारदेखि कारोबार सुचारु भएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ । ज्योती लाइफ इन्स्योरेन्स, लाफ इन्स्योरेन्स कर्पोरेशन, मल्टीपर्पस फाइनान्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर लगायत कम्पनीको शेयर मूल्यमा धेरै गिरावट आएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस