स्वास्थ्य

काेराेनाका १२ संक्रमित थपिए, १३ डिस्चार्ज

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप १२ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा १३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ हजार ३५६ जनाकाे काेभिड परीक्षण गरिएकाे थियाे ।

साे अवधिमा ५१ हजार ६९१ जनाले खाेप प्राप्त गरेका छन् ।

अब देशमा ११० जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता