सडक/यातायात

बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

झापा । झापामा बसले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकलमा सवार २ जनाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार झापा शिबसताक्षी धरमपुर कमल पुल नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको को १ ख ७१८७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको  मोटरसाइकललाई ठक्कर दिई दुर्घना हुँदा २ जनाकाे मृत्यु भएकाे हाे ।

माेटरसाइकलमा सवार जिल्ला मोरङ पथरिशनिश्चरे नपा वडा नं ८ वतन भई जिप्रका झापामा कार्यरत वर्ष २५ को प्रहरी जवान प्रकास राई र जिल्ला भोजपुर सदानन्द नपा वडा नं ८ बस्ने वर्ष २३ को टिचोहाङ राईको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले बताएकाे छ ।

थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता