गाउँ सहर

स्थानीय तह निर्वाचनः देशभर कुन पदमा कसका-कति उम्मेदवार चुनिए ?

काठमाडौँ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म देशभर प्रमुख पदमा २७५ र अध्यक्षमा ४५९ जना उम्मेदवार विजयी भएका छन् । यस्तै सोहि संख्यामा उपप्रमुख र उपाध्यक्ष चयन भएका छन् ।

आयोगका अनुसार ६ हजार ६४१ वडाध्यक्ष, ६ हजार ६४० महिला सदस्य, ६ हजार ५२१ दलित महिला सदस्य र सदस्यमा १३ हजार २८५ जना चुनिएका छन् ।

यी सबै पदहरूमा नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् ।

गाउँ सहर संवाददाता