नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका बस्नेत विजयी, उपमेयरमा एमालेकी अधिकारी
- गाउँ सहर संवाददाता
- ७ जेठ शनिबार, २०७९ | १४:५३:०० मा प्रकाशित

काठमाडौं । नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । विजयी उम्मेदवार यसपटक पनि दोहोरिएका हुन् ।
कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत १० हजार १ सय ८६ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् । बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दनहरि गौतमले ८ हजार ३ सय ६८ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सुशिला अधिकारीले ९ हजार ४ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कल्पना नेपालीले २ हजार ७ सय ५३ मत प्राप्त गरेकी छिन् ।
नगरपालिकामा गत स्थानीय निर्वाचनमा निर्वाचित भएर पाँच वर्ष काम गरेका कांग्रेसका मेयर र एमालेका उपमेयर फेरि दोहोरिएका हुन् । २०७४ मा बस्नेतले ६ हजार ९ सय ७१ मत प्राप्त गरी विजयी भएका थिए । उपमेयरमा अधिकारीले ६ हजार ८ सय ७१ मत ल्याएर विजयी भएकी थिइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस