नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका बस्नेत विजयी, उपमेयरमा एमालेकी अधिकारी
- गाउँ सहर संवाददाता
- ७ जेठ शनिबार, २०७९ | १४:५३:०० मा प्रकाशित
काठमाडौं । नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । विजयी उम्मेदवार यसपटक पनि दोहोरिएका हुन् ।
कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत १० हजार १ सय ८६ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् । बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दनहरि गौतमले ८ हजार ३ सय ६८ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सुशिला अधिकारीले ९ हजार ४ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कल्पना नेपालीले २ हजार ७ सय ५३ मत प्राप्त गरेकी छिन् ।
नगरपालिकामा गत स्थानीय निर्वाचनमा निर्वाचित भएर पाँच वर्ष काम गरेका कांग्रेसका मेयर र एमालेका उपमेयर फेरि दोहोरिएका हुन् । २०७४ मा बस्नेतले ६ हजार ९ सय ७१ मत प्राप्त गरी विजयी भएका थिए । उपमेयरमा अधिकारीले ६ हजार ८ सय ७१ मत ल्याएर विजयी भएकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस