राजनीति

वालेन्द्र २४ हजार माथि, केशव र सिर्जनाले १२ हजार नघाए, अन्यले हजार पुर्याएका छैनन्

काठमाडाैँ । पछिल्लाे परिणामनुसार काठमाडाैँ महानगरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहले नै लिड गरिरहेका छन् । उनले २४ हजार ३२४ मत ल्याएर अग्र स्थानमा छन् ।

प्रतिद्वन्दी एमालेका केशव स्थापितले १२ हजार ५७३ र कांग्रेसकी सिर्जना श्रेष्ठले १२ हजार ९३ मत ल्याएकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले ८०९, स्वतन्त्रका सुमन सायमीले ६६७, विवेकशीलकी समीक्षा बास्काेटाले १३१ मत र स्वतन्त्रकै सुशील थापा क्षेत्रीले ६४ मत ल्याएका छन् ।

उता उपप्रमुखमा एमालेकी सुनिता डंगाेलले लिड गरिरहेकी छन् । उनले १९ हजार ९५६ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्दी एसका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत ल्याएर दाेस्राे स्थानमा छन् ।

यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९, स्वतन्त्र वेन्जीसिंह महर्जनले १ हजार ५२१, विद्या श्रेष्ठले १ हजार ११९, विवेकशीलकी कृति कंसाकारले  ५६७ र स्वतन्त्र रिङ्कु श्रेष्ठले ६२ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत