ढाईसयमा कांग्रेस, एमालेले डेढसय नघायाे, माके पछ्याउँदै, अन्य निक्कै तल
- गाउँ सहर संवाददाता
- ५ जेठ बिहीबार, २०७९ | ०८:०२:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २४७ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ७२ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १५५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ४२ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १०२ स्थानमा जितेकाे र १५ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १० स्थानमा जितेकाे र १० स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले १७ स्थानमा विजय हासिल गरेकाे छ भने १६ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १४ स्थानमा जितेकाे छ भने २० स्थानमा र लाेसपाले १ स्थानमा जीत र ११ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २२८ ठाउँमा जीत र ७० स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १६५ ठाउँमा जीत र ७० स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १०८ स्थानमा जीत र १८ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ११ जीत र ५ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १७ स्थानमा जीत र ३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा १३ स्थानमा जीत र १४ स्थानमा अग्रतामा छ । उता लाेसपाले २ स्थानमा जीत र ८ स्थानमा अग्रता लिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस