स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्तानी सेवाका लागि सम्झौता
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | १०:३६:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।
हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने सेलपे मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फस्याेट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
प्रतिकृया दिनुहोस