काठमाडाैँमा लाैराे नै अगाडि, भरतपुर र पाेखरमा उच्च प्रतिश्पर्धा, ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेशकाे एकलाैटी
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | ०६:४१:०० मा प्रकाशित
काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा ९ हजार १८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दिहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेकाेमा पछिल्लाे समय प्रतिद्वन्दी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८४ मत प्राप्त गरेका छन् । आचार्यले ६ हजार ५७९ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिश्पर्धा छ । रेनुले ५ हजार ३८२ मत ल्याउँदा एमालेका विजय सुवेदीले ५ हजार ३६७ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ५ हजार ९८४ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २ हजार २२० मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ५ हजार ८२७ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले २ हजार ५७३ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले ६ हजार ६०० मत ल्याउँदा एमालेका सागरकुमार थापाले ४ हजार ८९१ मत ल्याएका छन् ।
याे समाचार तयार पार्दासम्म १०८ स्थानीय तहको मतपरिणाम आइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस