काठमाडाैँमा लाैराे नै अगाडि, भरतपुर र पाेखरमा उच्च प्रतिश्पर्धा, ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेशकाे एकलाैटी
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | ०६:४१:०० मा प्रकाशित

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा ९ हजार १८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दिहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेकाेमा पछिल्लाे समय प्रतिद्वन्दी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८४ मत प्राप्त गरेका छन् । आचार्यले ६ हजार ५७९ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिश्पर्धा छ । रेनुले ५ हजार ३८२ मत ल्याउँदा एमालेका विजय सुवेदीले ५ हजार ३६७ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ५ हजार ९८४ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २ हजार २२० मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ५ हजार ८२७ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले २ हजार ५७३ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले ६ हजार ६०० मत ल्याउँदा एमालेका सागरकुमार थापाले ४ हजार ८९१ मत ल्याएका छन् ।
याे समाचार तयार पार्दासम्म १०८ स्थानीय तहको मतपरिणाम आइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस