कांग्रेसले ४५ ठाउँ जित्याे अध्यक्ष/प्रमुख, एमाले पछ्याउँदै, माओवादी केन्द्र तेस्राे
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | १२:३२:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेपाली कांग्रेस अगाडि देखिएको छ ।
अहिलेसम्म कांग्रेसले ४५ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने २४५ स्थानमा अग्रता लिएकाे छ । यस्तै एमालेले ४४ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १४३ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले २३ स्थानमा जितेकाे र ९४ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले २ स्थानमा जितेकाे र १८ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २ स्थानमा विजय हासील गरेकाे छ भने २४ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ३० स्थानमा र लाेसपाले १० स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ५० ठाउँमा जीत र २१२ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ३७ ठाउँमा जीत र १७४ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १७ स्थानमा जीत र ११४ स्थानमा अग्रता लिइरहेकाे छ । एकीकृत समाजवादीले ५ स्थानमा जीत र १६ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा २ स्थानमा जीत र २७ स्थानमा अग्रतामा छ । अन्यले २ जीत र २० स्थानमा अग्रता लिएकाे छ । उता लाेसपाले ७ स्थानमा अग्रता मात्रै लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस