काठमाडाैँमा वालेन्द्रकै अग्रता, भरतपुरमा उच्च प्रतिश्पर्धा, अन्य महानगरकाे अवस्था कस्ताे ?
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | ०८:३२:०० मा प्रकाशित

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) कै अग्रता कायम छ । उनले अहिलेसम्ममा ५ हजार ६६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दिहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । उनले ३ हजार ४६५ मत ल्याउँदा निकटतम प्रतिद्वन्दि एमालेका कृष्णबहादुर थापले ३ हजार १०८ मत प्राप्त गरेका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिश्पर्धा छ । रेनुले ३ हजार ५७८ मत ल्याउँदा एमालेका विजय सुवेदीले ३ हजार ५७५ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ४ हजार ७२९ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २ हजार २६९ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ४ हजार १७५ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले १ हजार ८८४ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लिड गरेका छन् । नागेश कोइरालाले ४ हजार २७० मत ल्याउँदा एमालेका सागरकुमार थापाले ३ हजार ७६ मत ल्याएका छन् ।
अहिलेसम्म ९२ स्थानीय तहको मतपरिणाम आइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस