काठमाडाैँमा वालेन्द्रकै अग्रता, भरतपुरमा उच्च प्रतिश्पर्धा, अन्य महानगरकाे अवस्था कस्ताे ?
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | ०८:३२:०० मा प्रकाशित
काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) कै अग्रता कायम छ । उनले अहिलेसम्ममा ५ हजार ६६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दिहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । उनले ३ हजार ४६५ मत ल्याउँदा निकटतम प्रतिद्वन्दि एमालेका कृष्णबहादुर थापले ३ हजार १०८ मत प्राप्त गरेका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिश्पर्धा छ । रेनुले ३ हजार ५७८ मत ल्याउँदा एमालेका विजय सुवेदीले ३ हजार ५७५ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ४ हजार ७२९ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २ हजार २६९ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ४ हजार १७५ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले १ हजार ८८४ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लिड गरेका छन् । नागेश कोइरालाले ४ हजार २७० मत ल्याउँदा एमालेका सागरकुमार थापाले ३ हजार ७६ मत ल्याएका छन् ।
अहिलेसम्म ९२ स्थानीय तहको मतपरिणाम आइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस