राजनीति

मतपरिणामको सुरुवाती चरण, ९९ स्थानमा नेपाली कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

अहिलेसम्म एमालेले ३ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने कांग्रेसले २ स्थानमा जीतेको छ । एकीकृत समाजवादीले २ जीतेको छ । तर ९९ स्थानमा कांग्रेस, ५५ स्थानमा एमाले, ३ स्थानमा एकीकृत समाजवादी, ३२ स्थानमा माओवादी केन्द्र, १० स्थानमा अन्य, जसपाले ४ स्थानमा अग्रता दिएका छन् ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ३, एमालेले २, एकीकृत समाजवादीले १ स्थानमा जीत हासिल गरेका छन् । क्रमशः ७१ स्थानमा कांग्रेस, ६२ स्थानमा एमाले, ६ स्थानमा एकीकृत समाजवादी, ४१ स्थानमा माओवादी केन्द्र, ६ स्थानमा अन्य, ५ स्थानमा जसपाले अग्रता लिएका छन् ।

गाउँ सहर संवाददाता