पोखरामा शनिबार राप्रपाको चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने
- गाउँ सहर संवाददाता
- २३ बैशाख शुक्रबार, २०७९ | १६:१९:०० मा प्रकाशित

पोखरा । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखरा महानगरपालिकामा विशेष चुनावी आमसभा गर्ने भएको छ । पार्टीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको बारेमा जानकारी दिएको हो । बैशाख २४ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजेदेखि आमसभा शुरु हुने पार्टीले जनाएको छ ।
चुनावी आमसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । लिङ्देनसहित आमसभामा पार्टीका शीर्षस्थ नेताहरुको पनि सहभागिता रहने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । ‘हाम्रो पार्टीले चुनावमा उठाएका उम्मेदवारहरुको पक्षमा माहौल बनाउनुसँगै कास्की जिल्लाका मतदाताहरुसमक्ष पार्टीको आधिकारिक धारणा पनि नेतृत्व तहबाटै हामीले सो आमसभामार्फत जानकारी दिनेछौँ ।’ राप्रपा गण्डकीका अध्यक्ष गुरुङले भने ।
राप्रपाले पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई प्रत्यासीको रुपमा चुनावमा उठाएको छ । उनीहरुसँगै पोखरा महानगरको ३२ वटा वडामा कुल १ सय ३२ जनालाई उम्मेदवार बनाएको राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । कास्कीको हकमा अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिका गरि जिल्लाभर १ सय ८१ जना उम्मेदवारलाई राप्रपाले चुनावी मैदानमा अगाडि सारेको छ । पार्टीले दिएको जानकारी अनुसार कास्कीमा ४९ प्रतिशत उम्मेदवारहरु चुनावी मैदानमा छ । अघिल्लो चुनावको तुलनामा यो पटक पार्टीको उम्मेदवार संख्या बढेको पनि राप्रपा कास्कीले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस