स्वास्थ्य

थप ९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

सोमबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घण्टामा ३ हजार ३३३ पीसीआर तथा ९२२ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत