शिक्षा

भारतीय दूतावासको कम्पेक्स छात्रवृत्तिबारे कृष्णा फाउन्डेसनको जानकारी 

काठमाडाैँ। भारतीय दूतावासको कम्पेक्स छात्रवृत्तिबारे कृष्णा फाउन्डेसनले नेपाली विद्यार्थीलाई जानकारी गराएको छ। भारतीय दूतावासले नेपाली विद्यार्थीहरुलाई विशेष गरी B.E, B.Tech, Pharmacy, B. Pharma, Agriculture, Food Technology, B.Sc.Nursing, लगायतका undergraduate कोर्सहरूका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको छ। COMPEX 2022 स्कलरसिप स्किम का लागी नोटिस आइसकेको छ भने विद्यार्थीहरुले मे ७ तारिख भित्र आफ्नो फर्म भरिसक्नु पर्नेछ।

सोही कुरालाई जानकारी गराउने उद्देश्यले, कृष्णा फाउन्डेसनले विद्यार्थीहरुलाई भारतीय दूतावासको वेबसाइटमा रहेको COMPEX 2022 स्कलरसिप स्किमका बारेमा बुझ्नका लागि आह्वान गरेको छ।

कृष्णा फाउन्डेसनका एकेडेमिक डाइरेक्टर सुजित कर्ण भन्छन्, "भारतीय दूतावासले शिक्षा मन्त्रालय मार्फत दिने कम्पेक्स स्कलरसिपमा ईन्जिनियरिङ्, फार्मेसी, एग्रीकल्चर, बि.एस.सी फूड टेक्नोलोजी र नर्सिङ कोर्सहरुमा दिने यस छात्रवृत्तिमा खान, बस्न, पढाइ लगायतका थुप्रै कुराहरू समावेश हुँदै आएको छ।"

विशेषगरी कृष्णा फाउन्डेसनले भारतका उत्कृष्ट विश्वविद्यालयहरूलाई आफूले प्रवर्द्धन गर्दै आइरहेको छ साथै COMPEX स्कलरसिपको माध्यमबाट पनि ती विश्वविद्यालयहरुमा जानका लागि आह्वान गरेको छ।

विद्यार्थीहरूले आफ्ना एकेडेमिक रेकर्ड र प्रतिस्पर्धाका आधारमा भारतका विभिन्न विश्वविद्यालयहरु मध्यममा केही विश्वविद्यालयलाई मात्रै प्राथमिकताका रूपमा छान्नु पर्ने हुन्छ।

यही कुरालाई लिएर धेरै विद्यार्थीहरू अनिर्णयको बन्धी हुने हुँदा सोही भ्रमलाई चिर्न कृष्णा फाउन्डेसनका अध्यक्ष सन्तोष कुमार चौधरी यसरी प्रस्ट पार्छन्, "आफूलाई के के प्रमाण पत्रहरू चाहिन्छ त्यो हेर्न विद्यार्थीले भारतीय दूतावासको वेबसाइटमा गएर हेर्न सक्नु हुन्छ। यसै गरी २२० जनाले भारतीय दूतावास बाट दिइने स्कलरसिप पाउने हो। त्यसैले म भन्छु यदि तपाईंले Compex Scholarship पाउनु भएन भने पनि Symbiosis University, VIT University, Valore, SRM University, Jain University, Vignan University जस्ता विश्वविद्यालयहरुले नेपाली विद्यार्थीका लागि मेरीटका आधारमा सोझै ४० देखि ५० प्रतिशत सम्म स्कलरसिप दिइराखेको छ।"

गाउँ सहर संवाददाता

तपाईँको मत